मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नरैनापुर गाउँपालिकाद्वारा बाढीपीडितका लागि २० लाख सहयोग

gorkhapatraonline.com · Fri Aug 28 08:31:51 GMT 2026

रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि बाँकेको दुर्गम मानिने नरैनापुर गाउँपालिकाले २० लाख रुपियाँ सहयोग गर्ने भएको छ।

गाउँपालिकाले जनप्रतिनिधि, कर्मचारी र शिक्षकको पारिश्रमिकबाट निश्चित दिन बराबरको रकम कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख रुपियाँ जम्मा गर्ने निर्णय गरेको जनाएको छ। विपद्का बेला प्रभावित नागरिकप्रति स्थानीय तहको ऐक्यबद्धता जनाउँदै सहयोग गर्ने निर्णय गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज वलीले बताउनुभयो।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)