कवि शर्माको ‘पोइटिक डायस्पोरा’ कविता संग्रहमाथि विमर्श
ratopati.com · Tue Apr 21 18:44:48 GMT 2026

काठमाडौँ । कवियत्री अनुशा शर्मा सुवेदीद्वारा लिखित कविताकृति पोइटिक डायस्पोरामाथि परिचर्चा गरिएको छ । ललितपुरको हात्तिबनमा आयोजित विशेष समारोहबीच उक्त कृतिमाथि समीक्षा गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका प्राडा अरूण गुप्तोले कविताका शब्दहरू निकै चिन्तनशील रहेको बताएका छन् । अङ्ग्रेजी भाषामा लेखिएका १ सय ३० वटै कविता निकै शक्तिशाली रहेको उनले बताए। उनले लेखकको कुनै विषयलाई समातेर शब्दमा खेल्न सक्ने क्षमता र शाब्दिक परिकल्पनाशक्ति निकै बलियो रहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)