चन्द्रगढी महिला गोल्डकपः एपीएफ क्वाटरफाइनलमा
ratopati.com · Tue Apr 21 18:53:27 GMT 2026
झापा । मेची रङ्गशालामा जारी प्रथम ‘ओम साई पाथीभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकप’ फुटबल प्रतियोगिताअन्तर्गत मंगलबार भएको खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लब विजयी हुँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
निर्धारित समयमा ओखलढुङ्गाको पद्मा स्पोर्टिङ क्लबलाई ६–० गोल अन्तरले पराजित गर्दै एपीएफले सहज जित निकालेको हो । एपीएफको जितमा रश्मीकुमारी घिसिङले ह्याट्रिक पूरा गरिन् भने रेनुका नगरकोटी र अनिता केसीले एक–एक गोल गरिन् । खेलको २८औँ मिनेटमा कप्तान अनिता बस्नेतको पासमा घिसिङले गोल गर्दै एपीएफलाई अग्रता दिलाइन् । पहिलो हाफमा १–० को अग्रता बनाएको एपीएफले दोस्रो हाफमा आक्रामक खेल प्रस्तुत गर्दै थप पाँच गोल गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)