मंगलबार ४२ फर्ममा विभागको अनुगमन
ratopati.com · Tue Apr 21 18:49:55 GMT 2026

काठमाडौँ । नियमित रूपमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकै दिन ४२ व्यावसायिक फर्ममाथि अनुगमन गरेको छ ।
विभागले मङ्गलबार काठमाडौँको चुच्चेपाटी, जोरपाटी, चाबहिललगायतका स्थानमा एकै पटक अनुगमन गरी सुधारात्मक निर्देशन दिएको छ । बजारलाई स्वच्छ बनाउन, कानुन कार्यान्वयन गराउन र उपभोक्ता अधिकारको संरक्षण गर्न नियमित रूपमा बजार अनुगमन गरिएको विभागले प्रस्ट पारेको छ । विभागले उपभोक्ता अधिकारकर्मी र सरोकारवालाको उपस्थितिमा नियमित अनुगमन गरिएको प्रस्ट पारेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)