सत्तारुढ दलभित्र सहमति नजुट्दा सुदूरपश्चिम प्रदेशको बजेट वक्तव्य अनिश्चित
nepalviews.com · Mon Jun 15 14:15:39 GMT 2026

धनगढी । सत्तारूढ दलभित्रै सहमति जुट्न नसक्दा सुदूरपश्चिम प्रदेशको बजेट वक्तव्य अनिश्चित बनेको छ । सुदूरपश्चिम प्रदेश सरकारले बजेट वक्तव्यका लागि आज बेलुका ५ बजे प्रदेशसभा बैठक आह्वान गरेको थियो । तर सत्तारुढ दल नेकपा एमालेले बैठकमा उपस्थित हुन नसक्ने अडान राखेपछि प्रदेशसभा बैठक नै अनिश्चित बनेको छ । नेकपा एमालेका प्रदेशसभा सदस्यले आफूहरूको प्रदेशसभामा सहभागी नहुने अडान कायमै रहेको बताए । मुख्यमन्त्री र आर्थिक मामिलामन्त्रीले योजना छनोटमा एकलौटी गरेको ती प्रदेशसभा सदस्यले बताए ।
यद्यपि सहमतिको प्रयास भने जारी रहेको ती प्रदेशसभा सदस्यले बताए ।
सो विषयमा आर्थिक मामिलामन्त्री र उनको सचिवालयमा बुझ्न खोजे पनि सम्पर्क हुन सकेन ।
प्रदेश सरकारले आर्थिक वर्ष २०८३/०८४ का लागि करिब ३८ अर्ब बराबरको बजेट ल्याउने अनुमान गरिएको छ । जुन बजेट सुदूरपश्चिम प्रदेश इतिहासकै ठूलो आकारको हुनेछ । यसअघि सुदूरपश्चिम प्रदेशमा ३६ अर्बको बजेट प्रस्तुत भएको थियो । चालु आर्थिक वर्ष २०८२/०८३ का लागि प्रदेश सरकारले ३१ अर्ब बराबरको बजेट ल्याएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)