मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पञ्चकोशीमा धार्मिक पर्यटन मेला

ratopati.com · Tue Apr 21 18:58:44 GMT 2026

कर्णाली । ज्वाला क्षेत्रका नामले परिचित कर्णालीको पवित्रस्थल दैलेख पञ्चकोशीको नाभिस्थानमा धार्मिक पर्यटन मेला लाग्ने भएको छ । पञ्चकोशी क्षेत्र विकास संस्था दैलेखद्वारा मंगलबार सुर्खेत वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमार्फत पञ्चकोशी धार्मिक पर्यटन मेला आयोजक समितिका अध्यक्ष नवीन योगीले जगत् जननी सत्यदेवीको नाभी पतन भएको नाभीस्थानमा यही वैशाख १३ गतेदेखि १९ गनेसम्म मेला सञ्चालन हुने जानकारी दिए ।

हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र पञ्चकोशी क्षेत्रको महत्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिस्तरमा चिनाउन, प्राकृतिक, ऐतिहासिक, पुरातात्त्विक तथा सांस्कृतिक पक्षलाई उजागर गर्न, पूर्वाधारको तीव्र विकास गराउन र धार्मिक पर्यटनमार्फत कर्णालीको आर्थिक समृद्धिमा टेवा पुर्‍याउने उद्देश्यका साथ कार्यक्रम सञ्चालनको तयारी थालिएको अध्यक्ष योगीले बताए । उनका अनुसार धार्मिक मेला सञ्चालन गर्न रु २२ लाख खर्च हुने अनुमान गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)