मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु, तीन घाइते
ratopati.com · Tue Apr 21 19:02:49 GMT 2026

धनुषा । धनुषाको मिथिला नगरपालिका–६, ढल्केबरस्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने आठ महिनाको शिशुसहित तीन जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार मोटरसाइकलको ठक्करबाट मिथिला नगरपालिका–६, ढल्केबरकी ३१ वर्षीया विनिताकुमारी महतो गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाउँदा चिकित्सकले मृत घोषणा गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)