लक्सनलाई पार्टीको पुनः समर्थन
barnanmedia.com · Tue Apr 21 20:15:00 GMT 2026

लगातार घट्दो जनसमर्थन र पार्टीभित्र बढ्दो असन्तुष्टिबीच न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सन अन्ततः नेतृत्व जोगाउन सफल हुनुभएको छ । मङ्गलबार भएको आन्तरिक मतदानले उहाँ अझै पार्टीको विश्वासमा रहेको सन्देश दिएको छ, यद्यपि राजनीतिक चुनौती भने कायम देखिएको छ ।
केन्द्र–दक्षिणपन्थी नेसनल पार्टीका नेता लक्सनले नोभेम्बरमा हुने आम चुनावअघि पार्टीको कमजोर जनमत सर्वेक्षणका कारण नेतृत्वमाथि प्रश्न उठेपछि विश्वासको प्रस्ताव अघि सार्नुभएको थियो । करिब तीन घण्टा चलेको ककस बैठकपछि उहाँले आफूले प्रस्तावित विश्वास मत पारित भएको जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)