ब्रिटिश कलेजको ठगी प्रकरणः न्याय माग्न पुगेका विद्यार्थीमाथि बाउन्सर प्रयोग, मन्त्रालयमै धम्की
ratopati.com · Fri Jan 09 17:42:09 GMT 2026

काठमाडौँ । राजधानीको थापाथलीस्थित द ब्रिटिश कलेजले विद्यार्थीहरूलाई ठगी गरेको र न्याय माग्न पुगेका पीडित विद्यार्थीमाथि बाउन्सर प्रयोग गरी धम्क्याएको गम्भीर आरोप लागेको छ । दुबईमा इन्टर्नसहितको हस्पिटालिटी म्यानेजमेन्ट डिप्लोमाको नाममा प्रति विद्यार्थी १६ लाख रुपैयाँसम्म असुल गरी नक्कली तथा अमान्य प्रमाणपत्र दिएको आरोपपछि विद्यार्थी र अभिभावकहरू आन्दोलित भएका हुन् ।
पीडितहरूका अनुसार, कलेजले दुबईस्थित ‘विलविच इन्स्टिच्युट हस्पिटालिटी एन्ड म्यानेजमेन्ट’मा डिप्लोमा पढाइ हुने भन्दै भर्ना लिएको थियो । तर उक्त संस्था नेपाल सरकारको शिक्षा मन्त्रालयबाट अनुमति प्राप्त नभएको र त्यहाँ प्रदान गरिने प्रमाणपत्र कुनै पनि विश्वविद्यालयले मान्यता नदिने सामान्य ‘भोकेसनल’ तालिम मात्र भएको खुलेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)