मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पाकिस्तानको अनुरोधमा ट्रम्पद्वारा इरानसँगको युद्धविराम लम्ब्याउने

ratopati.com · Tue Apr 21 21:29:45 GMT 2026

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानको अनुरोधमा इरानसँगको युद्धविरामलाई लम्ब्याउने बताएका छन् । युद्धविरामलाई लम्ब्याए पनि इरानी बन्दरगाहहरूमाथिको नाकाबन्दी भने जारी राख्ने घोषणा गरेका छन् ।

सामाजिक सञ्जालमार्फत राष्ट्रपति ट्रम्पले इरानको सरकार गम्भीर रूपमा विभाजित भएको उल्लेख गरेका छन् । उनले भने छ, ‘पाकिस्तानका फिल्ड मार्शल असिम मुनिर र प्रधानमन्त्री शहबाज सरिफको अनुरोधमा, हामीलाई इरानमाथिको हाम्रो आक्रमण तबसम्म रोक्न आग्रह गरिएको छ, जबसम्म त्यहाँका नेताहरू र प्रतिनिधिहरूले एक एकीकृत प्रस्ताव ल्याउन सक्दैनन् ।’

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)