ओर्टेगाद्वारा ट्रम्पको तीव्र आलोचना
barnanmedia.com · Tue Apr 21 21:25:00 GMT 2026

मध्यपूर्वमा चर्किंदै गएको युद्धको पृष्ठभूमिमा निकारागुआका राष्ट्रपति डेनियल ओर्टेगाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि कडा व्यक्तिगत आक्षेप लगाउँदै उहाँलाई ‘मानसिक रूपमा अस्थिर’ रहेको टिप्पणी गर्नुभएको छ । इरानविरुद्धको सैन्य आक्रमणलाई लक्षित गर्दै गरिएको यस्तो अभिव्यक्तिले वासिङ्टन–मानागुआ सम्बन्धमा थप तिक्तता ल्याउने सङ्केत दिएको छ ।
राज्यद्वारा सञ्चालित सञ्चारमाध्यममार्फत प्रसारित मानागुआस्थित एक कार्यक्रममा बोल्दै ओर्टेगाले वर्तमान अमेरिकी नेतृत्वको युद्ध सञ्चालन शैलीलाई असामान्य र खतरनाक भएको बताउनुभयो । उहाँका अनुसार यस्तो आक्रामक नीति ‘आफ्नो नियन्त्रण गुमाइसकेको व्यक्तिको व्यवहार’ जस्तो देखिन्छ, जसले आफूले चाहेको कुनै पनि क्रूर कदम चाल्न सक्छ भन्ने मानसिकता झल्काउँछ । उहाँले यसलाई ‘मानसिक अस्थिरताको समस्या’ भन्दै थप कडा टिप्पणी गर्नुभएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)