रास्वपामा मत्स्य न्याय. सुधनलाई हाइसन्चो
barnanmedia.com · Tue Apr 21 21:28:42 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र पछिल्लो समय देखिएको निर्णय प्रक्रियाले “मत्स्य न्याय” अर्थात् शक्तिशालीले कमजोरमाथि हावी हुने प्रवृत्ति बलियो बन्दै गएको संकेत गर्छ। कुनै पनि राजनीतिक दलको दीर्घकालीन स्थायित्वका लागि न्यायपूर्ण, पारदर्शी र संस्थागत प्रक्रिया अत्यन्त आवश्यक हुन्छ। तर रास्वपामा देखिएका केही घटनाले यी आधारभूत मान्यताहरू कमजोर बन्दै गएको स्पष्ट देखाउँछन्।
सबैभन्दा पहिले, निर्णय प्रक्रियामा देखिएको असमानता नै मुख्य समस्या हो। कतिपय कमजोर वा प्रभावहीन पात्रहरूलाई सामान्य आरोप लाग्नासाथ सफाइको अवसरसमेत नदिई जिम्मेवारीबाट हटाइएको छ। उदाहरणका लागि, दीपक शाहलाई श्रममन्त्रीबाट हटाउने निर्णय अत्यन्त छिटो र एकपक्षीय ढंगले गरिएको देखिन्छ। पार्टीको अनुशासन समितिले सिफारिस गरेपछि तत्कालै उनलाई पदमुक्त गरिएको थियो। अझ महत्वपूर्ण कुरा, उनलाई आफ्नो पक्षबाट मत राख्ने, स्पष्टीकरण दिने वा राजीनामा दिने अवसरसमेत दिइएन। यो प्रक्रियाले प्राकृतिक न्यायको न्यूनतम मापदण्डसमेत पूरा गरेको देखिँदैन।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)