कुमारी बैंकलाई अन्तर्राष्ट्रिय ‘इन्फाेसिस फिनाकल इनाेभेसन अवार्ड’मा प्लेटिनम सम्मान
arthadabali.com · Mon Jun 15 14:32:27 GMT 2026

काठमाडौँ / कुमारी बैंक लिमिटेड अन्तर्राष्ट्रिय प्रतिष्ठित ‘इन्फाेसिस फिनाकल इनाेभेसन अवार्ड २०२६’ अन्तर्गत व्यवसायिक मोडेल नवप्रवर्तन विधामा प्लेटिनम विजेताका रूपमा सम्मानित भएको छ।
बैंकले लागू गरेको ग्राहक पहिचान तथा अनुपालन प्रक्रियासम्बन्धी नवप्रवर्तनका लागि उक्त सम्मान प्रदान गरिएको हो। इन्फोसिस फिन्याकलद्वारा प्रत्येक वर्ष प्रदान गरिने यो अवार्ड विश्वभरका बैंक तथा वित्तीय संस्थाहरूमा भएका उत्कृष्ट नवप्रवर्तन र रूपान्तरण अभ्यासहरूको मूल्यांकन गरी प्रदान गरिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)