यात्रुवाहक सवारीसाधन सञ्चालन सेवा प्रदान गर्न अन्तिम तीन दिनको समय
barnanmedia.com · Tue Apr 21 21:45:38 GMT 2026

काठमाडौँ महानगरपालिकाले नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारीसाधन सञ्चालन सेवा प्रदान गर्न अन्तिम तीन दिनको अवधि दिएको छ ।
गएको महिना (चैत २५ गते) सार्वजनिक सूचना प्रकाशन गरेर लामो र छोटो दूरीका बस सेवा बसपार्कभित्रबाट एकीकृत रूपमा सञ्चालन गर्न अनुरोध गरिएको थियो । यसरी सूचनालाई अवज्ञा गर्ने कम्पनीहरूलाई तीन दिनभित्र एकीकृत प्रणालीमा आउन अन्तिम समय दिइएको कामपाको कार्यवाहक प्रमुख सुनिता डङ्गोलले जानकारी दिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)