मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विराटनगरका भूमिहीनलाई व्यवस्थापन गरिने

abhiyandaily.com

विराटनगर (अस) । वर्षौंदेखि सुकुमवासीका रूपमा महानगरका विभिन्न वडामा बसिरहेका भूमिहीन दलित र अव्यवस्थित बसोवासलाई महानगर र राष्ट्रिय भूमि आयोगले संयुक्त रूपमा पहिचान गरी उनीहरूलाई व्यवस्थित बसोवास गराउन दुवै संस्थाबीच सम्झौता भएको छ ।

विराटनगर महानगरका मेयर भीम पराजुली, महानगरका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेत, राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौला र सदस्यसचिव अमिरप्रसाद न्यौपानेले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । भूमिहीनहरूको समस्या समाधान गर्ने उद्देश्य अनुरूप सम्झौता भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)