के विशेष महाधिवेशनले कांग्रेसको नेतृत्व बदल्छ ?
ekantipur.com · Fri Jan 09 17:52:57 GMT 2026

काठमाडौँ — विशेष महाधिवेशनले बहुमत प्रतिनिधिको सहभागितामा कांग्रेसको नयाँ नेतृत्व चयन गर्दा उत्पन्न हुन सक्ने कानुनी जटिलताको निकास कसरी हुन्छ भन्नेमा नेताहरू अलमलमै छन् । सन्निकट प्रतिनिधिसभा निर्वाचनका कारण निर्वाचन आयोग र अदालतबाट छिनोफानो गर्न समय अभाव रहेकाले नेतृत्व चयन प्रक्रियामा अघि बढ्ने कि नबढ्ने भन्ने निर्णय महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले गर्न सकेका छैनन् ।
आइतबारदेखि हुने विशेष महाधिवेशनका लागि देशभरबाट राजधानी आउने तर्खरमा रहेका प्रतिनिधिको प्रारम्भिक विवरणले सहभागिता ५० प्रतिशत नाघ्ने देखिएको छ । संस्थापन पक्षले स्वामित्व नलिए पनि प्रतिनिधिहरूको बहुमत जुटेपछि हलले नयाँ नेतृत्व चयन गरेर जाने सम्भावना छ । तर त्यसपछि आधिकारिकताको विवाद सुरु हुन सक्छ । त्यसको छिनोफानो एक साताभित्रै नभए पार्टी थप अप्ठेरोमा पर्नेछ । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता ६ माघमा गर्नुपर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)