मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कफी खेती अवलोकन गर्न कृषक महाभारतमा

ratopati.com · Tue Apr 21 23:03:15 GMT 2026

धुलिखेल । काभ्रेपलान्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिका–४ र ५ मा भइरहेको कफी खेतीको गण्डकी प्रदेशअन्तर्गत कास्कीको अन्नपूर्ण गाउँपालिकाका कृषकहरूले अवलोकन गरेका छन् ।

अन्नपूर्ण गाउँपालिका–१ भूगाईथरस्थित माछापुच्छ्रे उत्तम कफी उत्पादक सहकारी संस्था लिमिटेडका अगुवा कृषकको नेतृत्व गर्दै गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीको टोलीले महाभारत गाउँपालिकामा भइरहेको कफी खेतीको अवलोकन गरेको हो । कफी खेतीको अवलोकन भ्रमणमा सहभागी कास्की जिल्लाका जिल्ला कफी उत्पादक सहकारी सङ्घका अध्यक्ष आनन्द सुवेदीले महाभारत गाउँपालिकाले सुरु गरेको कफी खेती किसानको हितमा रहेकाले यसलाई मध्यनजर गर्दै सरकारले यसको अनुसरण गरेर नेपालका मध्य पहाडी क्षेत्रका जिल्लाहरूमा विस्तार गर्नुपर्ने बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)