भोटेकोशी बाढीबाट घाइते भएका ३८ जना ट्रमा सेन्टरबाट डिस्चार्ज, १२ को उपचार जारी
hamrakura.com · Sun Sep 06 00:00:00 GMT 2026

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीमा परी घाइते भएका ५८ जनालाई उद्धार गरी काठमाडौँ ल्याइएकामा राष्ट्रिय ट्रमा सेन्टरबाट आजसम्म ३८ जना उपचारपछि ‘डिस्चार्ज’ भएका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार बाढीमा परी घाइते भएका ५० जनालाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर ल्याइएको थियो । उपचारका क्रममा स्वास्थ्य अवस्थामा सुधार आएपछि हालसम्म ३८ जनालाई डिस्चार्ज गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)