न्वागी मनाइँदै, यस्तो छ विशेषता [तस्बिरहरू]
hamrakura.com · Mon Sep 07 00:00:00 GMT 2026

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकामा चेपाङ समुदायको प्रमुख सांस्कृतिक पर्व न्वागी (छोनाम) उल्लासपूर्वक मनाइँदैछ। चेपाङ समुदायको मौलिक संस्कृति, परम्परा र जीवनपद्धतिसँग गहिरो रूपमा जोडिएको न्वागी पर्वमा नयाँ अन्नबाली तथा फलफूल पहिले पितृ र भूमिलाई चढाएर मात्र आफूले खाने परम्परा रहेको छ।
चेपाङ समुदायको बाक्लो बसोबास रहेको राक्सिराङमा न्वागी विशेष महत्त्वका साथ मनाउने गरिन्छ। गाउँपालिकाले यस वर्ष न्वागी पर्वका अवसरमा भदौ २२ र २३ गते दुई दिन स्थानीय सार्वजनिक बिदा दिएको छ। ती दिन गाउँपालिकाभित्रका सरकारी कार्यालय, सार्वजनिक संघ–संस्था तथा शिक्षण संस्था बन्द रहने निर्णय गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)