दिक्तेलमा फुटसल ग्राउन्ड खन्ने क्रममा विस्फोटक पदार्थ फेला
hamrakura.com · Sun Sep 06 00:00:00 GMT 2026

काठमाडौँ । खोटाङ जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित बेसक्याम्पमा जमिन खन्ने क्रममा विस्फोटक पदार्थ फेला परेको छ। बेसक्याम्पमा फुटसल ग्राउन्ड निर्माणका लागि स्थानीयले जमिन खन्ने क्रममा आज साँझ उक्त विस्फोटक पदार्थ भेटेका हुन्।
रणभीम गण, मुडे ब्यारेकका गणपति प्रमुख सेनानी पवन कार्कीका अनुसार फेला परेको विस्फोटक पदार्थलाई सुरक्षा सावधानी अपनाउँदै सोमबार बिहान मात्रै निष्कृय पार्ने तयारी गरिएको छ। सशस्त्र द्वन्द्वकालका बेला उक्त स्थानमा सुरक्षा फौजको क्याम्प रहेको र सोही समयमा सुरक्षा फौजले विस्फोटक पदार्थ राखेको हुन सक्ने प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले जानकारी दिएकी छिन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)