मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रवि-जीवीविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा रुपन्देही अदालतले पनि फिर्ता

nepallive.com · Mon Jun 15 14:47:00 GMT 2026

रुपन्देही– रुपन्देही जिल्ला अदालतले रास्वपा सभापति रवि लामिछानेविरुद्ध चलेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता लिएको छ । रविसँगै यो मुद्दामा मुछिएका जीवी राई, कुमार रम्तेललगायत पनि सहकारी ठगी बाहेकका अरू अभियोगबाट मुक्त भएका छन् ।

यसअघि जिल्ला अदालत कास्की र पर्साले सहकारी ठगीबाहेकका अभियोग फिर्ता लिएका थिए । रविविरुद्ध देशभरका ५ वटा अदालतमा मुद्दा अघि बढेको थियो । त्यसमध्ये चार वटामा सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणका मुद्दा पनि थिए । अब यी दुई मुद्दा काठमाडौंमा मात्रै बाँकी छ । सहकारी ठगीको मुद्दा भने पाँचवटै अदालतमा विचाराधीन रहेको छ ।

सोमबार रुपन्देही अदालतका न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले सहकारी ठगीको मुद्दा यथावत् राखी त्यसपछि थपिएका दुई अभियोगहरू फिर्ता लिने आदेश गरेको हो । रुपन्देही जिल्ला अदालतको आदेशसँगै रवि लामिछानेलगायतका आरोपितहरूले पीडितहरूको फसेको रकम फिर्ताको सुनिश्चितता गरी मुद्दामा मिलापत्र गर्ने बाटो खुलेको छ ।

प्रकाशित मिति: सोमबार, असार १, २०८३

२०:३२

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)

सम्बन्धित विषय