प्रहरीको एसएसपी बढुवा विरुद्ध उजुरी
barnanmedia.com · Mon Jul 28 23:05:12 GMT 2025

प्रहरीको एसएसपी बढुवा विरुद्ध उजुरी परेको छ । साउन ५ मा बढुवा समितिले ११ जना प्रहरी उपरीक्षक (एसपी) हरूलाई वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा गर्न सिफारिस गरेको थियो । सो निर्णय विरुद्ध प्रतिस्पर्धी एसपी बिमल बस्नेतले उजुरी गरेका हुन् ।
मेरिट लिस्टको पहिलो नम्बरमा रहेका बस्नेतले उजुरी सुन्ने समितिमा उजुरी गरेको बढुवा समितिका एक जना सदस्यले रातोपाटीलाई बताए । देश बाहिर रहेका बस्नेले वारेसमार्फत उजुरी पठाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)