मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

गण्डकीको बजेटः भौतिक र ऊर्जामा आधाभन्दा बढी, चालु वर्ष २ अर्ब खर्च नहुने

ratopati.com · Mon Jun 15 14:52:20 GMT 2026

पोखरा । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेट संसदमा प्रस्तुत गरेको छ ।

आर्थिक मामिला मन्त्री जितबहादुर शेरचनले क्षेत्रगत बजेट प्रस्तुत गरेका हुन् । आगामी वर्षका लागि ३२ अर्ब ९९ करोडको बजेट प्रस्तुत गरिएको छ । यो बजेट चालु वर्षको तुलनामा १ अर्ब अर्थात् ३ प्रतिशतले बढी हो । सुरुमा २९ अर्बको बजेट ल्याउने तयारी गरेको गण्डकीले चालु वर्षको मौज्दात बढ्ने भएपछि बजेटको आकार बढाएर ल्याएको हो । केही रकम संघ सरकारको अनुदान र आन्तरिक आम्दानीबाट पनि बढ्ने अनुमान गरिएको नीति तथा योजना आयोगका उपाध्यक्ष डा। कृष्णचन्द्र देवकोटाले बताए । पछिल्ला वर्ष निरन्तर ओरालो लागेको बजेटलाई रोकेर आगामी वर्ष बढाइएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)