उपनिर्वाचन : कुन-कुन कागजातका आधारमा मतदान गर्न पाइन्छ ?
ratopati.com · Sat Apr 27 00:02:00 UTC 2024

काठमाडौँ । निर्वाचन आयोगले इलाम-२ मा प्रतिनिधिसभा सदस्य र बझाङ निर्वाचन क्षेत्र १ (क) मा हुन लागेको प्रदेशसभा सदस्यका लागि हुन लागेको उपनिर्वाचनका लागि सम्पूर्ण तयारी पूरा गरेको छ । मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म चल्नेछ ।
आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र, सवारी चालक अनुमतिपत्रमध्ये कुनै एकको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)