विश्वविजेता स्पेनसँग भिड्दै नवप्रवेशी केप भर्डे
shilapatra.com · Mon Jun 15 14:54:34 GMT 2026

फिफा विश्वकप २०२६ अन्तर्गत समूह एचको खेलमा आज राति स्पेन र केप भर्डे प्रतिस्पर्धा गर्दै छन् । नेपाली समयअनुसार यो खेल राति ९:४५ बजे अमेरिकाको एटलान्टा रंगशालामा सुरु हुनेछ । स्पेन उपाधि दाबेदार मानिएको टोली हो भने केप भर्डे विश्वकपमा नवप्रवेशी टोली हो ।
स्पेन सन् २०१० को विश्वविजेता टिम हो । फिफा वरीयतामा दोस्रो स्थानमा रहेको स्पेन सन् २०१४ मा समूह चरणबाटै बाहिरिएको थियो भने २०१८ र २०२२ मा अन्तिम १६ मा रोकिएको थियो ।
पहिलोपटक विश्वकप खेल्न लागेको केप भर्डे फिफा वरीयताको ६७औँ स्थानमा छ । समूह एचमा स्पेन र केप भर्डेसँगै उरुग्वे र साउदी अरेबिया छन् । साउदी अरेबियाले मंगलबार बिहान ३ः ४५ बजे उरुग्वेको सामना गर्नेछ ।
प्रकाशित मिति: सोमबार, असार १, २०८३
२०:३९
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)
फिफा