ओढारमा लुकाइ राखेको पाँच नाल अवैध भरुवा बन्दुक फेला
gorkhapatraonline.com · Mon Jun 15 14:58:17 GMT 2026

सल्यान प्रहरीले वनको ओढारमा लुकाइ राखेको पाँच नाल अवैध भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाको कालिमाटी गाउँपालिकाबाट बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको हो ।
सोमबार बिहान कालिमाटी ५ जुमखोला स्थित हरियाली सामुदायिक वन क्षेत्रको ओढारमा लुकाइ छिपाइ राखिएको अवस्थामा पाँच नाल अबैध भरुवा बन्दुक फेला पारेर बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)