मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पूर्वगृहमन्त्री धर्मबहादुर थापाको अन्येष्टि

ratopati.com · Mon Jun 15 15:02:39 GMT 2026

काठमाडौँ । पूर्वगृहमन्त्री धर्मबहादुर थापाको अन्त्येष्टि गरिएको छ। आइतबार उनकाे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएकाे हाे। शाही शासनकालमा तत्कालीन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द नेतृत्वको मन्त्रिपरिषद्‌मा गृहमन्त्री भएका उनको गत शुक्रबार ललितपुरमा निधन भएको थियाे।

उनले सन् २००२ अक्टोबरदेखि सन् २००३ अप्रिलसम्म गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए। यसअघि आफ्नो प्रशासनिक जीवनमा थापाले विभिन्न अञ्चलमा अञ्चलाधीशका रूपमा सेवा गरेका थिए। त्यसपछि उनी गृहसचिव पदमा पनि नियुक्त भएका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)