भक्तपुरका खेतमा भ्यागुतोलाई भात
ratopati.com · Fri Aug 28 08:37:59 GMT 2026

भक्तपुर । भक्तपुरका किसानले आज बिहानै आ–आफ्नो खेतमा पुगेर भ्यागुताको पूजाआजा गरी भात खुवाएका छन् । जनैपूर्णिमाका दिन आज अधिकांश मानिस पूजाअर्चनाका लागि मठमन्दिरमा भिड लागिरहेका बेला यहाँका किसान भने बिहान सबेरै विभिन्न खानाका परिकार बोकेर भ्यागुतालाई भात खुवाउन आ–आफ्ना खेततिर लागेको पाइयो ।
यहाँका किसानले ऐनाको कल्पना गरी गोलाकार बनाएर काटिएका मूलाका चानालाई सिन्काले उनेर हातले बटारी केही लाम्चो र डल्लो बनाइएको भातमा अड्याइएको थाली र नाङ्लो बोकेर खेततर्फ लम्किरहेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)