परराष्ट्र मन्त्री खनाल र सिपिसी विदेश विभाग प्रमुख लिउबीच भेटवार्ता
canadanepal.com · Mon Jun 15 15:10:19 GMT 2026

काठमाडौँ - परराष्ट्र मन्त्री शिशिर खनाल र चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागका लिउ हाइक्सिङबीच भेटवार्ता भएको छ। बेइजिङमा सोमबार भएको भेटमा नेपाल-चीन द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने, दुई देशका राजनीतिक दलबीचको आदानप्रदान विस्तार गर्ने तथा जनस्तरको सम्बन्धलाई अझ गहिरो बनाउने विषयमा फलदायी छलफल भएको परराष्ट्र मन्त्री खनालले जानकारी दिएका छन्।
बेइजिङमा भएको भेटपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै मन्त्री खनालले चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागका मन्त्री लिउ हाइक्सिङसँग भेटवार्ता गर्न पाउँदा खुसी लागेको उल्लेख गरेका छन्।
छलफलमा नेपाल–चीन सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने, पार्टी-पार्टीबीचको सहकार्य विस्तार गर्ने तथा दुई देशका नागरिकबीचको आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा विशेष जोड दिइएको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)