बाढीका मृतकप्रति मानव अधिकार तथा शान्ति समाज, काठमाडौँद्वारा श्रद्धाञ्जली दीप प्रज्वलन
news24nepal.tv · Mon Sep 07 14:25:00 GMT 2026

काठमाडौँ । २०८३ भाद्र १० गते भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट ज्यान गुमाउनुभएका सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै मानव अधिकार तथा शान्ति समाज, काठमाडौँ शाखाले श्रद्धाञ्जली दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ।
जोरपाटी चोकमा आयोजित कार्यक्रममा सहभागीहरूले दिवङ्गत आत्माहरूको चिरशान्तिको कामना गर्दै दीप प्रज्वलन गरेका थिए। साथै, बाढीका कारण घाइते भई उपचाररत सम्पूर्णको शीघ्र तथा पूर्ण स्वास्थ्यलाभको कामना गर्दै पीडित परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)