फेसबुकमा अपशब्द प्रयोग गरेको आरोपमा ६१ वर्षीय पुरुष पक्राउ
baahrakhari.com · Mon Jun 15 15:15:58 GMT 2026

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा पोष्ट भएको तस्बिरमा अपशब्द प्रयोग गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।
चन्द्रागिरि नगरपालिका वडा नं ११ सतुंगलका ६१ वर्षीय प्रद्युम्न श्रेष्ठलाई साइबर ब्युरोबाट खटिइएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
उनलाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी अनुसन्धान जारी रहेको ब्युरोका प्रहरी उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए । रासस
#पक्राउ
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
काठमाडौँ