मध्यपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोह बुधबार
baahrakhari.com · Mon Jun 15 15:20:29 GMT 2026

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयले आफ्नो चौथो दीक्षान्त समारोह, १८ औँ विश्वविद्यालय सभा तथा १६औँ वार्षिकोत्सव बुधबार (असार ३) एकै दिन आयोजना गर्ने भएको छ ।
विश्वविद्यालयले सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत उक्त जानकारी दिएको हो । चौथो दीक्षान्त समारोह तथा विश्वविद्यालय सभा–२०८३ को सञ्चार तथा प्रचार–प्रसार उपसमितिका संयोजक डा. विष्णुकुमार खड्काका अनुसार, यस वर्ष ग्रेस लिस्टमा रहेका एक हजार ९२८विद्यार्थी दीक्षित हुने छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)