साताव्यापी चीन भ्रमणबाट फर्किए मुख्यमन्त्री
rajdhanidaily.com · Mon Jul 28 23:30:36 GMT 2025

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे साताव्यापी चीन भ्रमण सम्पन्न गरी सोमबार पोखरा फर्किएका छन् ।
नेपाल चीन कुटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्ष प्रवेशको अवसरमा तिब्बत सरकारद्वारा आयोजित कार्यक्रममा भाग लिन उनी गत ६ साउनमा त्यसतर्फ प्रस्थान गरेका थिए । भ्रमण उपलब्धिमूलक रहेको र यसलाई गण्डकी प्रदेश सरकार र तिब्बत सरकारले निरन्तरता दिने समझदारी भएको बताइएको छ ।
भ्रमणका क्रममा मुख्यमन्त्री पाण्डेले तिब्बत स्वायत्त क्षेत्रका लागि सिपिसीका महासचिव वाङ जुङवेनसँग भेट गरे । भेटमा पाण्डेले गण्डकी प्रदेश र तिब्बतसँग जोडिएको कोरला नाका नियमित संचालन गरी दुई देशबीचको व्यापार, पर्यटन प्रर्वद्धनका लागि सहकार्यको प्रस्ताव गरेको मुख्यमन्त्रीका प्रेस संयोजक नरहरि सापकोटाले जानकारी दिए ।
तिब्बतको नाका भएर नेपाली र अन्य विदेशीलाई मानसरोवरको यात्रा सहजीकरण गर्ने, चीनका शहरहरुबाट काठमाडौँ पोखरा सीधा उडान थप गर्ने, तिब्बत र गण्डकी प्रदेशबिच लगानी र पर्यटन प्रर्वद्धनका क्षेत्रमा सम्बन्ध कायम राख्दै विस्तार गर्ने, नेपाल र चीनियाँ ठूला लगानीकर्ता आकर्षित गर्न कर छुटमा सहजिकरण गर्ने, पोखराबाट ल्हासा आउने पर्यटकको भिषा र प्रवेशपास उपलब्धतामा सहजिकरण र सहकार्य गर्ने गराउने विषयमा मुख्यमन्त्रीले जोड दिएका थिए ।
तिब्बत सरकारले विभिन्न समयमा गर्दै आएको सहयोग, चीन सरकारको अनुदान र सहयोगमा निर्माण भएका पूर्वाधारहरु, पर्यटन प्रर्वद्धनका गतिविधिले गण्डकी प्रदेशसँगको सम्बन्ध थप सुदृढ हुनेमा प्रदेश सरकार आशावादी रहेको उनको भनाइ थियो ।
सिपिसीका महासचिव जुङवेनले कोरला नाकालाई व्यवस्थित गर्ने सन्दर्भमा गण्डकी सरकारको प्रयास’bout आँफु जानकार रहेको बताउँदै महामहिम वाङले यो राम्रो सहकार्यको अवसर हुन सक्ने र यस’bout तिब्बत सरकार पनि सकारात्मक रहेको बताए ।
तिब्बत सरकारको तर्फबाट गण्डकी प्रदेश सरकारसँग सँधै सहकार्य रहने र सम्भावनाहरुका ’boutमा सँधै सकारात्मक रहेको बताए । उनले दुई देशबीच पर्यटन, कृषि, उद्योग लगायत क्षेत्रमा सहकार्य गर्ने सन्दर्भमा तिब्बत सरकार सकारात्मक रहेको बताए ।
गत २०२३ नोभेम्बरमा गण्डकी प्रदेशको भ्रमण गरेको स्मरण गर्दै उनले भ्रमणलाई दुबै तर्फबाट निरन्तरता दिँदै सम्बन्धलाई अझै प्रगाढ बनाउँदा सहकार्य गर्न सहज हुने बताए ।
सोही अवसरमा मुख्यमन्त्रीसँग सिपिसीका लिन्जी नगर समितिका पार्टीसचिव ओ लिक्वान र सो नगरका मेयर बाटाले पनि भेट गरेका थिए ।
सम्बन्धित समाचार
मेयरमा पराजित भगवती न्यौपाने अहिले मन्त्री
स्याङ्जामा विपन्न परिवारलाई कांग्रेसको घर उपहार
ओली सरकारको १ वर्ष, जो मन्त्री ‘काण्डैकाण्ड’मा मुछिए
पानी जहाज विधेयक ‘फास्ट ट्र्याक’ बाट अघि बढाऔंः सांसद भट्टचन
खाँणले कोइराला निवासमा पत्रकार सम्मेलन गरेर के संकेत गरे ?
लमजुङका ३ पालिकामा १० वटा बोयर जातका बोका वितरण
प्रधानमन्त्री ओली भदौ ३१ गते १ दिने भारत भ्रमणमा जाने
चाक्सिबारीबाट सम्भावित कांग्रेस सभापतिका सन्देश
पोहोर बच्चा फाले, अहिले सुत्केरी गराउँदा पक्राउ परे
कुलिङ अफ पिरियडमा एमालेले म्याउँ गर्यो, ओलीमाथि छानबिन हुनुपर्छः प्रचण्ड
देखाउने दाँत लोकतन्त्र भएपनि नेपालमा चपाउने दाँत दलतन्त्र छ: प्रभु साह
एकता दबाबमा माओवादी–समाजवादी
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)