मेषी दण्डः मातृभाषामाथि दमनको एक इतिहास
deshsanchar.com · Mon Jul 22 17:15:18 UTC 2024

काठमाडौँ – सबै मान्छेले बोल्ने भाषा एउटै भए के हुन्थ्यो होला रु आजका दिनमा सायद यो एउटा स्वैरकल्पना मात्र हुनसक्छ। मानव सृष्टिका चरणसँगै आवश्यकताका आधारमा विभिन्न समुदायमा आआफ्नै ढङ्गले भाषाको विकास भएको पाइन्छ। तर यहाँ भाषाको इतिहास र विकासबारे चर्चा गर्न खोजिएको होइन।
यहाँ त मण्डला नाटकघरमा शनिबारदेखि मञ्चन सुरु भएको नाटक ‘मेषी दण्ड’ (मेखी दण्ड)बारे चर्चा गर्न खोजिएको हो। आफूइतरको भाषा नजान्दा समुदायले भागेको समस्या नाटकमार्फत देखाउने प्रयास गरिएको छ। किराँत राई समुदायअन्तर्गतको खालिङ राई भाषीमाथि करिब एक सय ५० देखि दुई सय वर्षअघि तत्कालीन शासकहरुले कसरी निर्मम दमन गरे भन्ने नाटकमा देख्न सकिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)