कुलेखानी–सिस्नेरी पम्प स्टोरेजको सर्वेक्षण गर्न अनुमति
news24nepal.tv · Fri Mar 26 00:18:00 GMT 2021
काठमाडौं, १२ चैत । नेपाल विद्युत् प्राधिकरणले मकवानपुर जिल्लाको कुलेखानी बाँधलाई नै प्रयोग गरेर बनाउने भनेको १०० मेगावाटको पम्प स्टोरेज प्लान्टको सर्वेक्षण गर्न विद्युत् विकास विभागबाट अनुमति पाएको छ । विभागले गतहप्ता उक्त क्षमता बराबरको कुलेखानी–सिस्नेरी पम्प स्टोरेज जलविद्युत् आयोजनाको अध्ययन गर्न प्राधिकरणलाई अनुमति दिएको हो ।
प्राधिकरणले उक्त आयोजनाको सर्वेक्षण गर्ने अनुमति माग्दै गत पुसमा विभागमा आवेदन दर्ता गरेको थियो । त्यसपछि विभागले आवश्यक अध्ययन तथा प्रक्रिया पूरा गरेर प्राधिकरणलाई उक्त आयोजनाको सर्वेक्षण गर्ने अनुमति दिएको हो । विभागका महानिर्देशक नवीनराज सिंहले उक्त आयोजनाको सर्वेक्षणका लागि अनुमति दिएको बताए । यो खबर आजको आर्थिक अभियन दैनकि मा छापिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)