मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सामाजिक सञ्जालमा अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ

gorkhapatraonline.com · Mon Jun 15 15:30:39 GMT 2026

सामाजिक सञ्जाल 'फेसबुक'मा पोष्ट भएको तस्बिरमा अपशब्द प्रयोग गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

चन्द्रागिरि नगरपालिका वडा ११ सतुङ्गलका ६१ वर्षीय प्रद्युम्न श्रेष्ठलाई साइबर ब्यूरोबाट खटिइएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

निजलाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी अनुसन्धान जारी रहेको व्यूरोका प्रहरी उपरीक्षक दिलीपकुमार गिरीले राससलाई जानकारी दिनुभयो । रासस

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)