भोटेकोशी बाढीमा परी निधन भएकाहरूको सम्झनामा दीप प्रज्वलन
khabarhub.com · Mon Sep 07 14:43:52 GMT 2026

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको बाढीमा परेर ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकको सम्झनामा नेपाल पर्यटन बोर्डले दीप प्रज्वलन गरेको छ । बाढीमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै बेपत्ता व्यक्तिको शीघ्र उद्धार र सकुशलताको कामना गर्दै नेपाल पर्यटन बोर्डमा आज साँझ दीप प्रज्वलन गरिएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलको उपस्थितिमा आयोजित दीप प्रज्वलन कार्यक्रममा मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौला, पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछाने, विपद् व्यवस्थापन संयोजक हिक्मतसिंह ऐर, नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, बोर्डका सदस्य सहदेव धमला, पर्यटक प्रहरी तथा पर्यटन क्षेत्रका विभिन्न सङ्घसंस्थाका प्रतिनिधि र पर्यटन व्यवसायीको सहभागिता थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)