विश्वकपबाट बाहिरिएसँगै पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले दिए पदबाट राजीनामा
nepalnews.com · Tue Jul 07 01:20:09 GMT 2026
काठमाडौँ। विश्वकप फुटबलको अन्तिम १६ को खेलमा पोर्चुगल स्पेनसँग १–० ले पराजित भएसँगै पोर्चुगिज टोलीका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले पनि आफ्नो पदबाट राजीनामा दिएका छन्।
पोर्चुगिज टोली विश्वकपको प्रारम्भिक नकआउट चरणबाटै बाहिरिए पनि प्रशिक्षक मार्टिनेजले यस नतिजालाई टोलीको ‘असफलता’ भन्न नमिल्ने दाबी गरे। खेलको ९१ औं मिनेटमा स्पेनका वैकल्पिक खेलाडी मिकेल मेरिनोले गरेको निर्णायक गोल नै पोर्चुगललाई घर फर्काउन पर्याप्त बन्यो। सोही खेलसँगै पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको पनि विश्वकप यात्रा सदाका लागि अन्त्य भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)