साइबर ब्युरो पुगिन् सांसद खुश्बु ओली
annapurnapost.com · Mon Jun 15 15:27:53 GMT 2026

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले ज्यान मार्ने धम्की तथा सामाजिक सञ्जालमार्फत भएको दुर्व्यवहारविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी छन्।
सांसद ओलीले आफूले पछिल्ला केही सातायता संसदमा उठाएका जनचासोका विषयहरूको प्रतिक्रियास्वरूप संगठित रूपमा सामाजिक सञ्जालमा आक्रमण, गालीगलौज, चरित्रहत्या तथा घृणायुक्त अभिव्यक्तिको सामना गर्नुपरेको बताएकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)