मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

कस्तो छ ७ अंकले बढेको कर्णालीको बजेट ?

shilapatra.com · Mon Jun 15 15:34:16 GMT 2026

कर्णाली प्रदेश सरकारले नयाँ बजेट सार्वजनिक गरेको छ । सोमबारको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रम कार्यान्वय गर्न बजेट सार्वजनिक गरेका हुन् । उनले आगामी वर्षका लागि ३५ अर्ब ३९ करोड ८५ लाख ४८ हजारबराबरको बजेट प्रस्तुत गरेका छन् । यो चालु आर्थिक वर्षको तुलनामा ७.२८ प्रतिशतले बढी हो ।

चालु आर्थिक वर्षमा प्रदेश सरकारले ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजारबराबरको बजेट कार्यान्वयन गरिरहेको छ । प्रदेश सरकारले आगामी वर्ष चालुतर्फ ८ अर्ब ६० करोड ४५ लाख ५६ हजार अर्थात् २४.३१ प्रतिशतबराबरको बजेट प्रस्तुत भएको छ । यस्तै, पुँजीगततर्फ २० अर्ब ७४ करोड ६७ लाख १२ हजार रुपैयाँबराबरको बजेट प्रस्तुत भएको छ । यो कुल बजेटको ५८.३१ अर्थात् प्रतिशत हो ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)