बीवाईडी प्रकरणको छानबिन गर्न अनुगमन टोली मुस्ताङ पुग्यो
shilapatra.com · Fri Jun 05 09:30:05 GMT 2026

विद्युतीय गाडी बीवाईडी भन्सार छली प्रकरणको छानबिन गर्न केन्द्रबाट अनुगमन टोली मुस्ताङ पठाइएको छ । भन्सार विभागका उपसचिव, अर्थ मन्त्रालयका उपसचिवसहित विभागका अरु दुईजना अधिकृत मुस्ताङ भन्सार कार्यालय कोरोला पुगेको हो ।
बजेटअघि विद्युतीय गाडीको कर बढ्ने सूचनाका आधारमा बीवाईडीका लागि नेपालको आधिकारिक बिक्रेता साइमेक्स इंकले ठूलो संख्यामा गाडी भित्र्याएको घटना बाहिरिएको छ । १२ र १३ जेठ दुई दिनमा ६४९ वटा गाडी भन्सार जाँचपास गरेको कम्पनीले अर्को नाका रसुवागढीबाट समेत सोही समयमा ४७२ वटा गाडी भित्र्याएको खुलेको छ ।
सरकारी निकायबाटै सूचना लिक गराएर अर्बौको भन्सार छली गर्दै कम्पनीले गाडी भित्र्याएको आरोपमा सर्वतत्र आलेचना भइरहेको छ । यसै प्रकरणमा छानविन गर्न भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको विशेष निर्देशनमा अर्थ मन्त्रालय, भन्सार विभाग, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रतिनिधिहरू सम्मिलित संयुक्त छानबिन समिति गठन गरिएको छ ।
यसै प्रकरणमा थप अनुसन्धानका लागि भन्दै शुक्रबार नै अनुगमन टोली मुस्ताङ पुगेको प्रमुख भन्सार अधिकृत बिदुर चुडालले जानकारी दिए ।
प्रकाशित मिति: शुक्रबार, जेठ २२, २०८३
१५:१५
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)