उत्तरगंगाले बगाएका रामबहादुर मृत भेटिए
baahrakhari.com · Mon Jul 22 17:37:34 UTC 2024

गलकोट (बागलुङ) । उत्तरगंगा नदी तर्ने क्रममा बेपत्ता भएका रामबहादुर बिक मृत फेला परेका छन् । बागलुङको ढोरपाटन नगरपालिका–८ निवासी ५४ वर्षीय बिक आइतबार उत्तरगंगा नदी तर्ने क्रममा बेपत्ता भएका थिए । उनी आज मृत फेला पारेको प्रहरीले जनाएको छ ।
ढोरपाटन नगरपालिका–९ स्थित उत्तरगंगा नदीमा आफूले लगाउने कपडा र चप्पल किनारमा राखी नदी तर्ने क्रममा आइतबार बेपत्ता भएका बिक आज मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी विजय यादवले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)