टी-२० आईमा स्कटल्याण्डसँग नेपालको पहिलो हार, सिरिज जित्न चुक्यो
farakdhar.com · Fri Jun 20 17:21:01 GMT 2025
नेपाल स्कटल्याण्डमा सम्पन्न त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय श्रृंखला जित्न असफल भएको छ । शुक्रबार राति सम्पन्न निर्णायक खेलमा स्कटल्याण्डसँग ३४ रनले पराजित भएसँगै नेपाल सिरिज जित्न असफल भएको हो ।
चौथो खेलमा आयोजक स्कटल्याण्डले दिएको १ सय ९४ रनको लक्ष्य पछ्याएको नेपाल १८.५ ओभरमा १ सय ५९ रनमा अलआउट भयो । नेपालका लागि युवा अलराउन्डर रुपेश सिंहले २२ बलमा तीन छक्का र एक चौकासहित अविजित ४३ रन बनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)