कर्णालीको बजेटः परम्परामा रमाएको झारा टार्ने दस्ताबेज
ratopati.com · Mon Jun 15 15:48:28 GMT 2026

सुर्खेत । कर्णालीका आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले सोमबार आगामी वर्षका लागि ३५ अर्ब ३९ करोड ८५ लाख ४८ हजार बराबरको बजेट सार्वजनिक गरे । चालु बजेट घटाइएको र पुँजीगत बजेट बढाइएको उक्त बजेट चालु आर्थिक वर्षको तुलनामा ७.२८ प्रतिशतले धेरै हो ।
पूर्णतः सङ्घीय अनुदान र बचत रकमका आधारमा ल्याइएको उक्त बजेटमा अधिकांश पुराना र असफल कार्यक्रम समेटिएका छन् । कर्णालीको प्रमुख प्रतिपक्ष दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद तथा पूर्वअर्थमन्त्री विन्दमान विष्टले बजेटलाई 'झारा टार्न ल्याइएको एउटा दस्ताबेज'का रूपमा टिप्पणी गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)