मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पूर्वगृहमन्त्री थापाको निधन

lokaantar.com

पूर्वगृहमन्त्री धर्मबहादुर थापाको निधन भएको छ । उनको शुक्रबार ललितपुरमा निधन भएको दिवङ्गत थापाको पारिवारिक स्रोतले जनाएको छ । उनको अन्त्येष्टि आइतबार पशुपति आर्यघाटमा गरिएको जनाइएको छ ।

उनले लोकेन्द्रबहादुर चन्द नेतृत्वको मन्त्रिपरिषद्मा गृहमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । प्रशासनिक सेवामा रहँदा उनले विभिन्न अञ्चलमा अञ्चलाधीशका रूपमा सेवा गरेका थिए । त्यसपछि उनी गृहसचिव पनि भएका थिए । दिवङ्गत थापाका दुई छोरा छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)