स्याङ्जा गण्डकी प्रदेशस्तरीय क्रिकेटमा च्याम्पियन
baahrakhari.com · Fri Jun 20 18:02:28 GMT 2025
काठमाडौं । पोखरामा सञ्चालन भएको गण्डकी प्रदेश तेस्रो संस्करणको पुरुष टी–२० क्रिकेट प्रतियोगिताको उपाधि स्याङ्जाले जितेको छ । पोखरा रंगशालाको क्रिकेट मैदानमा शुक्रबार सम्पन्न फाइनलमा नवलपुरलाई चार विकेटले पराजित गर्दै स्याङ्जा च्याम्पियन बन्यो ।
च्याम्पियन भएसँगै स्याङ्जाले नगद एक लाख रुपैयाँ र उपविजेता बनेको नवलपुरले नगद ५० हजार रुपैयाँका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र पुरस्कार पाए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)