गैँडाकोटले घरेलु मदिरालाई व्यावसायीकरण गर्ने
ratopati.com · Fri Jun 20 18:03:00 GMT 2025

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिकाले घरेलु मदिरालाई व्यावसायीकरण गर्ने भएको छ । पालिकाको आज सम्पन्न नगर सभाको १७औँ अधिवेशनमा नगरप्रमुख मदनभक्त अधिकारीले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै घरेलु मदिरालाई व्यवासायीकरण गर्ने जानकारी दिए।
“स्थानीयस्तरमा उत्पादित घरेलु मदिरालाई गुणस्तरीय बनाइ लेबलिङ गरी व्यावसायीकरण गर्ने नीति अवलम्बन गरिनेछ” उनले भने, “स्थानीय उत्पादनलाई व्यावसायीकरण गर्दै समृद्ध नगर निर्माण गर्ने गरी नीति तथा कार्यक्रम बनाएको छु ।” गैँडाकोटमा उत्पादन भएका अदुवा, बेसारलाई प्रोत्साहन तथा लेबलिङ र प्याकेजिङमा जोड दिइने अधिकारीले बताए । त्यस्तै कोदो, गिठा, तरुलजस्ता रैथाने खाद्य बालीलाई प्राथमिकता दिँदै उत्पादकत्वमा वृद्धि गरिने अधिकारीको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)