मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको निर्देशन

annapurnapost.com · Mon Jun 15 15:50:28 GMT 2026

काठमाडौं : कृषि, वन तथा पर्यावरण मन्त्रालयले चैते धानको न्यूनतम समर्थन मूल्य प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरोकारवाला निकायलाई निर्देशन दिएको छ।

मन्त्रालयको कृषि आधुनिकीकरण कार्यक्रम, नेपाल चामल, तेल, दाल उत्पादन संघ र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई लगायतलाई चैते धानको न्यूनतम समर्थन मूल्य प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको हो।

चालु आर्थिक वर्ष २०८२/८३ का लागि मन्त्रिपरिषदको बैठकले चैत्र २४ गते १८ प्रतिशतसम्म चिस्यान भएको चैते धान बालीको प्रति क्विन्टल २ हजार ८ सय ६६ रुपैयाँ ४१ पैसा न्यूनतम समर्थन मूल्य निर्धारण भएको छ। निर्धारण गरेको चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयनमा सहयोग गर्न सरोकारवाला निकायसँग आग्रह गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)

सम्बन्धित विषय