चीनको जियाङ्सु प्रान्तका पूर्व कार्यकारी उपनिर्देशक याङलाई मृत्युदण्ड
kendrabindu.com · Tue Jul 07 01:56:03 GMT 2026

बेईजिङ । पूर्वी चीनको जियाङ्सु प्रान्तको नान्जिङ विकास क्षेत्र प्रशासनिक समितिका पूर्व कार्यकारी उपनिर्देशक याङ योउलिन लाई घुसखोरी गरेको अभियोगमा सोमबार मृत्युदण्डको फैसला सुनाइएको छ ।
जियाङ्सुको चाङझाउ शहरको मध्यवर्ती जन अदालतले याङलाई आजीवनका लागि राजनीति अयोग्य रहने गरी अधिकार खोस्ने र उनको सम्पत्ति जफत गर्ने पनि आदेश दिएको छ । अदालतको फैसलाअनुसार याङलाई भ्रष्टाचार, सार्वजनिक कोषको दुरुपयोग, शक्ति दुरुपयोग र सम्पत्ती शुद्धिकरणसम्बन्धी मुद्दामा दोषी ठहर गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)