किन भिड्दैछन् ऋषिकेश पोखरेल र सन्तोष चालिसे
barnanmedia.com · Fri Jun 20 21:51:20 GMT 2025

एउटा विषय लामो समयदेखि चर्चामा छ, त्यो हो ९० रुपैयाँभन्दा कम नेटवर्थ भएका जलविद्युत आयोजनाको आइपिओ। सार्वजनिक लेखा समितिले कमजोर कम्पनीलाई आइपिओ जारी गर्न रोक लगाउन निर्देशन दिएपछि नेपाल धितोपत्र बोर्डले अगाडि बढाएको थिएन। तर, केही महिना अघि मात्र वोर्ड अध्यक्ष बनेका सन्तोषनारायण श्रेष्ठले आइपिओ जारी गर्न घुस मागेको भन्दै ऊर्जा उत्पादकहरू मिडियामा आए। अख्तियारले बोर्डमा छापा हानेर कागजात नियन्त्रणमा लिइसकेको छ। तर, यो विषयमा समाचार लेखेका नेपालखबर डटकम र विजमाण्डु डटकमविरुद्ध जिल्ला अदालतमा मुद्दा नै गयो। जिल्ला अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै समाचार नै हटाउन भनेको थियो। तर, न्यायाधीश श्यामविहारी मौर्यको बिहीबारको इजलासले निषेधाज्ञाको निवेदन खारेज गरेपछि यो विषय केही हदसम्म साम्य भएको थियो।
संसदको अर्थ समितिले सेबोनलाई पत्र काट्दै नेटवर्थ ९० कमका आइपिओ खुलाउने भनेको थियो। तर, फेरि सार्वजनिक लेखा समितिको काउन्टर पत्र पठाएपछि विवाद गर्मागर्म भएको छ। अर्थ समितिका सभापति सन्तोष चालिसे हुन् जो कांग्रेस सांसद हुन् अनि सार्वजनिक लेखा समिति ऋषिकेश पोखरेल। उनी एमाले सांसद हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)